बेग अाले मगर ,
नेपाल मगर सङ्घ मलेसिया ले ढिलो गरि भए पनि पोखरा उपमहानगर पालिका को भड्काव युक्त कार्य शैली को स्वरुप मा प्रथम शहिद लखन थापा मगर को शालिक ध्वस्त पारेर गायब पारिएको कार्य प्रति बिज्ञप्ति मार्फत घोर अापति जनाएका छन ।
जङ्ग बहादुर को जहानिया शासन को बिरुद्द मोर्चा कसेर लड्दा लड्दै जङ्ग बहादुर द्वारा फासिको सजाय मा परेका प्रथम सहिद लखन थापा लाई नेपाल मगर सङ्घ र लखन थापा मगर प्रतिष्ठान विभिन्न चरण को दवाब र माग लाई कदर गर्दै २०७२ असोज ३ गते तत्कालिन नेपाल सरकार द्वारा प्रथम सहिद घोषणा गरिएको मा नेपाल सरकार धन्यबाद को पात्र भएको समेत उल्लेख छ । कुन त्यस्तो नियत थियो वा बाध्यता थियो जस्ले लखन थापा को शालिक राता रात भत्काउनु पर्ने अबस्था अायो ? प्रथम सहिद वा कुनै पन राष्ट्र का विशेष महत्व राख्ने ब्यक्ति हरु को स्मराणात्कमक रुपमा रहेको शालिक तोड फोड गरेर पोखरा उपमहानगर पालिका ले के चाहेको हो ? बिज्ञप्तिमा भनिएको छ । सरोकार वाला हरु सङ्ग कुनै विशेष छलफल निर्णय नै नगरि प्रशासन को बलमा शालिक फ्याकेर त्यहा कस्को शालिक राख्न खोजिएको हो ? बिज्ञप्तिमा प्रश्न गरिएको छ । बिना जानकारि बिना निर्णय राष्ट्र को धरोहर प्रथम सहिद लखन थापाको शालिक जुन नियत ले भत्काईए पनि यो असभ्य कार्य को घोर अापति ब्यक्त गर्दछौ , बिज्ञप्तिमा उल्लेख छ ।
यसका साथै गएको ३ महिना अगाडि मात्र अादिवासि जनजाति महासङ्घमा अध्यक्ष को जिम्मेवार पाएका अध्षक्ष मिङ्मा शेर्पा को असामयिक दुखद निधन प्रति पनि नेपाल मगर सङ्घ ले बिज्ञप्ति मार्फत हार्दिक समबेदना प्रकट गरेको छ। । समाज सेवि पहिचानवादि जुझारु पन भएका स्व मिङ्मा शेर्पाको असमायिक निधन ले समग्र मा मलेसिया नेपाली हरु ले एक होनहार ब्यक्ति गुमाउन पुगेको छ ।caranery artery disease भन्ने समस्याका कारण देहबसान भएको स्वर्गीय मिङ्मा शेर्पाको मृत अात्मा ले शान्ति पाउन तथा वहाका शोकाकुल अाफन्त परीवार छर छिमेक देश बिदेश रहेका सम्पुर्ण जनमा धैर्यधारण गर्ने शक्ति पैदा गरोस भनी नेपाल मगर सङ्घ मलेसिया परिवार भगवान बुद्व सङ्ग प्रार्थाना गर्नुको साथै स्व, मिङ्मा शेर्पा को छोरा छोरी को पढाइ खर्चमा टेवा दिनको लागि सङ्घ को तर्फबाट 500 रिङ्गेट पठाई सकिएको जानकारि नेपाल मगर सङ्घ मलेसिया कि अध्यक्ष पुस्मिता ठाडा मगर ले जानकारि दिनु भएको छ ।।
No comments:
Post a Comment