Monday, 23 October 2017
सागर धमाका को अपार सफलता पछि फर्किए सागर अाले लगायत कलाकार टोलि
मलेसिया बाट फर्किए सागर आले लगायत कलाकार टोलि
शान्त कुमार बुढा मगर
मलेसिया
कार्तिक ०७
एभरेष्ट कन्सर्ट ३ सागर धमाकाका लागि मलेसिया आएका सागर आले सोमबार नेपाल फर्किएका छन । सागर संगै मलेसिया आएका गायिका निरु श्रीस गायक मन सुदन थापा र चर्चित मोडल आरुशी मगर लाई एक कार्यक्रमका बिच बिदाइ गरिएको छ ।
नेपाल मगर संघ मलेसियाको आयोजनामा भएको उक्त कार्यक्रमका लागि सागर सहितको समूह गत असोज २७ गते मलेसिया आएको हो । तीन स्थानमा तय गरिएको कार्यक्रम मध्य अन्तिम कार्यक्रम स्वरुप हिजो कार्तिक ५ गते सागर आले सहितका कलाकारहरुले जोहर बाहरुमा कार्यक्रम गरेको थियो । कार्यक्रम पश्चात नेपाल मगर संघ मलेसिया र नेपाल मगर संघ मलेसिया जोहर बाहरु शाखाले संयुक्त रुपमा कलाकारहरुको सम्मानमारात्रि भोजको आयोजना गरेको थिए । त्यस क्रममा मन्जरी थेटर्स ले पनि सम्पुर्ण कलाकार लाई सम्मान तथा सागर आले लाई एवाड दिएको थियो भने सुनुवार सेबा समाज ले सबैलाइ कलाकार हरुलाइ पनि सम्मान गरेको थियो ।
कलाकारहरु लाई आज बिहान स्थानीय समय अनुसार १०बजे स्थानीय सेनाइ एअरपोर्टमा आयोजक नेपाल मगर संघ मलेसियाले बिदाइ गरेको छ । कलाकारलाई बिदाइ गर्दै संघकी अध्यक्ष पुश्मिता थाडा मगरले कार्यक्रम सफल बनाउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्नु हुने सम्पूर्ण कलाकरहरु लाई धन्यवाद ब्यक्ति गर्दै आगामी दिनमा पनि हाम्रो कार्यक्रममा उपस्थित भइ दिनु हुन अनुरोध समेत गर्नु भएको थियो । त्यस्तै कलाकरको तर्फ बाट सागर आले ले मलेसिया बसाइँ अत्यन्तै सुखद रमाइलो रहेको भन्दै यस्तो आत्मीय माया पाउने ठाउँमा फेरि पनि आउने इच्छा ब्यक्त गरेको बताए भने यहाँ सम्म आफ्नो टिमलाइ बोलाइ दिएकोमा कार्यक्रम आयोजक तथा मलेसियामा रहेका सम्पुर्ण नेपालीलाई सम्पुर्ण कलाकारको तर्फ बाट धन्यवाद दिएका थिए ।
मलेसियाको तीन स्थानमा तय गरिएको उकत कार्यक्रमको पहिलो कार्यक्रम क्वालालम्पुरमा असोज २९ र दोस्रो कार्यक्रम कार्तिक १ गते पेनाङमा भएको थियो । करिब १० सम्म मलेसिया रहेका सागर सहितका कलाकारहरु कार्तिक ३ गते सिंगापुरमा लाङ्गाली ग्रुप सिंगापुरले आयोजना गरेको भेटघाट तथा सम्मान कार्यक्रममा उपस्थित भएका थिए भने ५ गते कार्तिकको कार्यक्रम भेट्न मलेसिया आएका थिए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment