Monday, 16 October 2017
सागर धमाका बिफल पार्न अनेक षडयन्त्र भईरहेको भन्दै नेपाल मगर सङ्घ मलेसिया को अापति ,,
सागर आले लाई विवाद बनाएको भन्दै नेपाल मगर संघमलेसियाको आपत्ति ,, सम्वाददाता
मलेशिया
कार्तिक ३०>
एभरेष्ट कन्सर्ट ३ सागर धमाकाका लागि मलेसियामा रहेका सागर आले लाई पछिल्लो समय निकै विवादमा पर्ने गरि विभिन्न ब्यक्ति र संघ संस्था लागेको बन्दै मगर संघ मलेसियाले आपत्ति जनएको छ । <br>
संघ आफै आयोजक रहेको कार्यक्रम मलेसियाको तीन ठुला शहरमा मध्य हिजो पहिलो कार्यक्रम क्वालालम्पुरमा सम्पन्न भएको छ । तर हिजै आयोजको जानकारी बिनै पोटकेलाङमा पनि सागर आउने भन्दै कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा राती १० बजे सम्म पनि सागर आले लगाएतको कलाकार नपुगे पछि दर्सकले आयोजक लाई बोटलले प्रहार गर्नुका साथै आफैले बनाएर ल्याएको सागरको तस्बिर जलाएको बताइएको छ । मगर संघले पोटकेलाङको कार्यक्रम बारे आफुहरु लाई कुनै जानकारी नभएको र सागर आलेले तीन स्थानको कार्यक्रम बाहेक अरुमा सहभागी नहुने पुर्व सहमती भएको समेत जनाएको छ । साथै यस घटना हुनुमा प्रमुख जिम्मेवार दिपक शुनाखरी मगर र पोटकेलाङमा भएको कार्यक्रमका आयोजक तिलोचन गौतम नै जिम्मेवर रहेको बताएको छ । आयोजक लाई थाहै नहुनेगरी मौखिक सहमती गर्ने र पछि संघ र गायक सागर आलेको बदनाम गराउने कार्य भएकाले सुनाखरी र गौतमलाई स्पस्टिकरण दिनु पर्ने र नदिए कानुनी कार्वाही अगाडि बढाउने चेतावनी समेत संघले जनाएको छ । साथै शुनाखरी नेपाल मगर संघ मलेसिया संग कुनै सम्बन्ध नरहेको जनाएको छ। संघले मलेसियामा हुन लागेका अन्य कार्यक्रमका ब्यानरहरुमा सागर आलेको तस्वीर राखेर ब्यापर गर्न खोजेको आरोप पनि लगाएको छ ।
पोटकेलाङमा भएको घटना पछि संघ र
सागर आले प्रती सामाजिक संजालमा चर्को बिरोध भैरहेको छ । यस घटना बाट सागर आलेको मानहानी हुन पुगेकाले सत्य तथ्य तत्कालै पत्ता लागाई दोषी लाई कार्वाही गर्ने समेत संघले जनाएको छ । सत्यतथ्य नजानी अनाहकमा सागर आले लाई गाली नगर्न संघले अनुरोध गरेको छ । त्यस्तै आफ्नो कार्यक्रमको ब्यानर पोस्टरमा सम्बन्धि संघ संस्था वा ब्यक्तिको अनुमती बिना तस्बिर नराख्न अनुरोध गरेको छ भने सागर आलेको र तस्बिरभएको पोस्टर तल्कालै हटाउन समेत संघले अनुरोध गरेको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment