Friday, 29 September 2017

अख्खा लिपि मगर सामु अाएको 26/27 बर्षमा पनि किन स्तर उन्नति हुन सकेन ?

(अख्खा लिपि को नमुना )

-बेग अाले मगर 
 मलेसिया 
अख्खा लिपि सम्बन्धि केही गुनासा हरु ,,,
हाम्रा माननीय ईतिहास विद M S thapa magar ज्यु को अथक प्रयास बाबजुद बाहिर ल्याउनु भएको मगर भाषा को अाफ्नै लिपि अख्खा लिपि मगर समाजमा बुलन्द भएको पनि लगभग झण्डै २६/२७ बर्ष हुन लागेछ । विभिन्न अध्यन अनुसन्धान गर्दै प्रमाणित रुपमा वहाले अख्खा लिपि बाहिर ल्याउनु भयो । यो अख्खा लिपि लाई मगर सङ्घ ले पनि मगर भाषाको लिपि अख्खा लिपि नै हो भनी मान्यता पनि दियो जब नया लिपि को खोज मुलक तथ्य बाहिर अाए स्वयम् अख्खा लिपि को लेख्ने तरिका उच्चारण गर्ने तरिका सम्बन्धमा विभिन्न जिल्ला मा स्वयम् अाफै पुगेर प्रशिक्षण दिनु भा थियो यसै शिलशिलामा वहाहरु , एम एस क‍ो साथमा नेपाल मगर सङ्घ का पुर्ब अध्यक्ष स्व. गोरे बहादुर खपाङ्गि पनि धन्कुटा जानू भएको थियो जुन मौका जुरेको थियो नेपाल मगर सङ्घ को जिल्ला अधिबेशन धनकुटामा । त्यो बृला मैले पनि अख्खा लिपि को प्रशिक्षण लिने मौका पाएको थिए । म मगर भाषा को अाफ्नै लिपि मा प्रशिक्षण लिन पाउँदा हर्षित भएको थिए ।अहिले पनि मलाई अख्खा लिपि पढ्न र लेख्न अाउछ ।
वहाँ ले अख्खा लिपि मगर लाई त दिनु भयो तर अख्खा लिपि बाहिर अाएको यतिका बर्ष भई सक्दा पनि कुनै बिकास स्तरउन्नति भएको पाईन। पहिले अलकति समय कठिन थियो अहिले समय र प्रबिधि ले हामिलाई भरमग्दुर मौका दिएको छ अहिले गर्ने सोच लिएर अगाडि नै बढ्ने हो भने पनि अख्खा लिपि क‍ो कम्प्युटर फण्ट मोबाईल एप्स बनाएर मजाले मोबाईलमा पनि टाईप गर्न सक्छौ ।यस्तो प्रबिधि ले साथ दिदै पनि अख्खा लिपि बारे खासै चासो नदेखिएको हो कि न कुनै अप्ठ्यारा नै भएर हो प्राबिधिक रुपमा पिटिक्कै अगाडि बढेको देखिन्न । हुन त हाम्रो नेपाल मा नेपाल मगर सङ्घ छ नेपाल मगर लेखक सङ्घ छ मगर भाषा तथा लिपि प्रतिष्ठान छ तर के गरिरहेको छ कुन्नि अख्खा लिपि को बिकास तिर कुनै ध्यान गएको देखिन्न कहिले काहीँ म सहित केही साथि हरु ले अावाज उठाउछौ हुँदै छ भन्ने जवाफ भन्दा अरु पाउदैनौ ।
यश बारे केही महिना पहिले नेपाल मगर लेखक सङ्घ ले केही प्रतावित कार्य योजना सहित सुझाब को लागि हामिलाई पठाउनु भएको थियो हामी २/४ जना को छलफल पश्चात् केही सुझाव हरु पनि पठाएका थियौ त्यो पायो पाएन जानकारि भएन त्यो भन्दा नया कुरा केही भएको छैन। हामी मगर भाषा लाई अौधि माया गर्ने भाषा प्रेमि हौ तेहि भएर कहिले काहीँ मगर भाषामा केही कोर्ने जमर्को गर्छु । तसर्थ पनि होला अझ अाफ्नै लिपि मा सररर लेख्न पाए झन कति काईदा हुन्थ्यो झै लाग्छ ।
मगर भाषा मा तीन वटा शाखा छन मगर ढूट मगर खामपाङ र काईके ,यदि अख्खा लिपि हामी मोबाईल कम्प्युटर मा टाईप गर्न मिल्थ्यो भने सबै भाषा ले यहि अख्खा लिपि मा टाईप गर्थे जस्ले मगर जाति समुदाय बिचको एकता अझ मज्बुत हुन्थ्यो भाषिक रुपमा अनेक भए पनि लिपि ले हामिलाई एकता बनाउथ्यो ।तसर्थ पनि अख्खा लिपि को जरुरि खड्किएको छ ।
पछिल्लो समय मा अाएर अख्खा लिपि को सम्बर्दन मा the magars creation कम्पनि को शाखाले प्रोसेस चालेको छ भन्ने चसक्क सुनेको थिए हो जा हैन खासै अाधिकारिक जानकारि छैन भलै अख्खा लिपि को एप्स फणट निर्माण गरिदिनु भए त सबै मगर हरु अाभारि हुने थियौ ।
लिपि बिना भाषा हुदैन भाषा बिना जाति ( राष्ट्र ) हुदैन जब लिपि र भाषा नै छैन भने त्यो जाति समुदाय अस्तित्व बिहिन हुन जान्छ ।यदि अख्खा लिपि को फण्टहरु तयार भएमा यो सबै भन्दा ठूलो ऐतिहासिक कार्य हुनेछ किन कि यस्तले मगर जाति मा रहेको तीन वटै भाषा लाई एउटै मालामा उन्ने कार्य गर्ने छ  तसर्थ  पनि नेपाल मगर सङ्घ ,सम्बन्धित समिति हरु नेपाल मगर लेखक सङ्घ मगर भाषा प्रतिष्ठान अादि निकाय सङ्ग अनुरोध गर्दछु कि यो बर्ष को कार्य योजना भनेको अख्खा लिपि को गुणस्तर बृद्दि जुन अहिलेको भरपर्दो उपयोगि एप्स फण्ट हरु तैयार गर्ने मात्र राख्नुस । जस्ले हामी जस्ता तमाम सौखिन हरु रमाउन पाम र अाफ्नै लिपि मा सन्देश साटा साट गर्न सकौ , के यो सम्भब छैन र ?

No comments:

Post a Comment