Saturday, 14 October 2017

नेपाल मगर सङ्घ महालक्ष्मि नगर पालिका धनकुटाको पहिलो अधिबेशन सम्पन्न ,

महालक्ष्मि नगर पालिका ,
असोज २८ /
जेबि घले मगर को सहयोगमा ,


नेपाल मगर संघ धनकुटा महालक्ष्मी नगरको प्रथम अधिबेशन मगर संघका जिल्ला अध्यक्ष तथा मगर सांस्कृतिक संघका संस्थापक केन्द्रीय  उपाध्यक्ष जेबि घले मगरको प्रमुख अाथित्यमा सम्पन्न भएको छ।
             मगर संघ जिल्ला समितिको संयोजन र साबिक जितपुर गाउँ समितिको समायोजनमा भएको प्रथम अधिबेशनमा महालक्ष्मी नगरपालिका वडा नं ८ का निर्बाचित वडा सदस्य पदम थापा मगर, वडा नं ८ का महिला सदस्य डेक कुमारी मगर, वडा नं ९ का महिला सदस्य देबिका मगर , मगर बुद्ध सेवा समाज जितपुरका सल्लाहकार तेज ब. पुर्बछाने मगर, मगर संघ साबिक जितपुरका सल्लाहकार बल ब. लुंगेलि मगर र मगर बुध्द सेवा समाजका केन्द्रीय सदस्य निम ब. राना मगरले अधिबेशनको शुभकामना मन्तब्य दिनु भएको थियोे।
                संघका जितपुरका अध्यक्ष लिल ब. थापा मगरको अध्यक्षतामा भएको  अधिबेशनमा साबि गाउँ समितिको तर्फबाट सचिब हेमलता राना मगरले सांगठनिक प्रतिबेदन र कोषाध्यक्ष शुशिला घले लुङ्गेलिले अार्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियोे।
                अधिबेशनले ५ सदस्य पछि पद पुर्ति गर्ने  गरि १३ सदस्यीय नेपाल मगर संघ महालक्ष्मी नगर समिति गठन गरेको छ।
             नयाँ बनेको समितिको अध्यक्षमा लिल ब. थापा मगर, उपाध्यक्षमा हेमलता राना मगर, सचिबमा सरोज थापा मगर, सहसचिवमा  डम्बर पुलामि मगर, कोषाध्यक्षमा प्रकाश अाले मगर र  सदस्यहरुमा किरण मगर, अोम ब. मगर र चेत ब. थापा रहनु भएको छ।

No comments:

Post a Comment