मगर र तिहार ,,
तिहार (त्योहार, दीपावली) पर्व सम्बन्धमा भने अझै अनुसन्धान गर्न बाँकी छ । किराँतीहरुको मुन्धुममा तिहार मगरहरुले चलाएको चाड हो भन्ने उल्लेख गरिएको छ । श्री इमानसिंह चेम्जोङले लेख्नुभएको History and Culture of the Kirat People नामक पुस्तकको पृष्ठ ७७–८१ मा किराँतहरुको मुन्धुममा दीपावलीसम्बन्धी कथा उल्लेख छ । त्यसलाई यहाँ छोटकरीमा उल्लेख गरिएको छ :
“प्राचीन नेपालमा हालको पोखरादेखि गोरखपुरसम्मको राज्य बलिहाङ नामको राजा थिए । उनी धर्मात्मा र भविष्यसम्बन्धी जान्ने पुजारी पनि थिए । उनलाई प्रजाले ज्यादै माया गर्थे ।
“बलिहाङ राजाले आफू अब मर्ने कुरा थाहा पाई यो कुरा प्रजालाई भनिदिए । आफ्नो प्यारो राजा छिटै मर्ने भए भनी प्रजाले साह्रै पीर मानी बाँच्ने उपाय के छ भनी प्रजाहरुले राजालाई सोध्दा ‘मंसिर महिनाको पूर्णिमाको अन्त्य र औंसीको सुरुवातमा म मर्ने भएकोले त्यस दिन राती यमदूतले लिन आउँछ । यमदूत आउँदा सबैले रोइकराइ बिन्ती गरी बत्ती बाली मेरा प्राण माग्नू । यमदूत खुशी भएमा मलाई प्राणदान दिई बचाउनेछ’ भनेकोले सोही दिन राती सबै प्रजाले आआफ्नो घरमा बत्ती बाली नुहाई चोखो भई जागा बसे ।
“राजाले भनेको समयमा यमदूत आउँदा सबै प्रजाले रोइकराइ राजाको प्राणदान माग्दा यमदूत खुशी भई राजालाई प्राणदान दिई फिर्ता भएकोले सो दिनको सम्झनाको खुशीयालीमा मगर प्रजाहरुले घरमा बत्ती बाली नाच्दै गाउँदै हिँडेका थिए ।”
प्राचीन भाषामा “फाइलो” भनेको हामीले बचायौं भनेको हो । “देउसी” भनेको धमात्मा पुजारी र “रे” भनेको राजा हो । कालान्तरमा यो प्राचीन मगर भाषा “फाइलो” बिग्रँदै गई “भइलो” भएको भनी चेम्जोङको उक्त किताबमा उल्लेख भएको छ ।
वास्तवमा आज पनि देउसी र भैलो खेल्दा हामी त्यसै आएका होइनौं बलिराजाले पठाएको भनी तिहारमा भट्याउने चलन छ । तर यस पर्वलाई पनि कौवा पूजा, कुकुर पुजा, पशु मार्ने प्रथा चलाई गाईको तिहार भनी बाहुनहरुले विकृत पारेको बुझिन्छ । त्यसैमा उल्टै जुवा, तास खेल्ने प्रचलन घुसाएको बुझिन्छ ।
माथि उल्लेखित कथामा कत्तिको सत्यता छ त्यसबारे अध्ययन र अनुसन्धानको खाँचो छ । तापनि तिहारमा मगर राजा बलिहाङ (हाङ भनेको किराँत भाषामा राजा, राज्य आदि हुन्छ) को उल्लेख भएकोले धेरैजसो सत्यताको नजिक देखिन्छ ।
( लेखक राष्ट्रिय जनमुक्ती पार्टीका पूर्व अध्यक्ष हुन् । उनी लामाे समयदेखि जातीय मुक्ती अान्दाेलनमा निरन्तर लागि रहेका छन् । थापा जनजाति समुदायका अगुवा नेता हुन् )बिस्तृत जानकारिको लागि यो लिङ्क मा जानुहोस
https://l.facebook.com/l.php?u=https%3A%2F%2Fbigulnews.com%2F2016%2F10%2F03%2F-27093.html&h=ATNfk_zqSxojjOiWOcDtKimDJBuiHd-afcG_Hha3VTlFBdTGlle-FMdbm8nO_WDAUYxV7r69_GNFnse8hoinJIwz5w5r1Lz7TpkkRCxrvSXG3HUY
No comments:
Post a Comment