Friday, 13 October 2017

सागर आले मगर का साथै अन्य कलाकार मलेसिया अाईपुगे,,

शान्त कुमार बुढा मगर को सहयोगमा ,,
क्वालालाम्पुर मलेसिया
सागर अाले मगर सहित अन्य कलाकार मलेसिया अाई पुगे ।



नेपाल मगर संघ मलेशियाको आयोजनामा मलेसियाको प्रमुख तीन सहरमा हुन लागेको सांस्कृतिक कार्यक्रममा सहभागी नेपाल आइडल टप ४ प्रतिस्पर्धी सागर आले सहितको कलाकर टिम मलेसिया आइपुगेको छ । 

एभरेष्ट कन्सर्ट ३ सागर धमाका नाम दिइएको उक्त सांस्कृतिक कार्यक्रमका लागि आले संगै गायिका निरु श्रीश मगर गायक मान सुधन थापा मगर र चर्चित मोडल आरुसी मगर मलेशिया आइ पुगेका छन । संघले कलाकारहरूलाई विमान स्थल नै पुगेर स्वागत तथा सम्मन गरेको हो । 
संघको तर्फ बाट अध्यक्ष पुश्मिता थाडा मगर वरिष्ठ उपाध्यक्ष दिपु पुलामी मगर महासचिव सागर गाहा मगर कोषाध्यक्ष संजय मगर रमेश थापा मगर लगाएत नेपाल मगर संघ मलेसियाको केन्द्रिय समिती संगै सुनुवार सेवा समाज अध्यक्ष प्रेम चन्द्र सुनुवार तथा onlinenews.कम  का रामचन्द्र नेपाल सहितको टिमले कलाकार हरु लाई खाडा ओढाएर स्वागत गरेको हो ।
कलाकार हरुले पहिलो कार्यक्रम अक्टोबर १५ तारिखमा क्वालालम्पुरमा हुने तय गरिएको छ भने अक्टोबर १८ मा पेनाङ र अक्टोबर २२ मा जोहर बाहरुमा हुने संघले जनाएको छ ।
संघले कार्यक्रमको तयारी करिब करिब अन्तिम चरणमा पुगेको भन्दै कार्यक्रम सम्पन्न गर्न प्रायोजकको भुमिका निभाउनु हुने सम्पुर्ण प्रायोजक हरुलाई धन्यवाद ब्यक्त गरेको छ । साथै यस कार्यमा सहयोग पुर्‍याउने सम्पुर्ण बुद्धिजीवी, सल्लाहकार भुत पुर्वअध्यक्ष, कार्य समितीका पदाधिकारी लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोगी सबै लाई कृतज्ञता व्यक्त गरेको छ । साथै संघले आफुलाइ पायक पर्ने स्थानमा गइ भरपुर मनोरञ्जन लिन हुन मलेसियामा रहेका नेपालीहरुलाई अनुरोध समेत गरे ।

No comments:

Post a Comment