टि.बि पुन मगर
दसै चाड नजिकिदै छ । दसैलाइ कसरी मनाउने वा नमनाउने ! यो चाडलाइ बुझ्ने र हेर्ने बारेमा हाम्रो समाजका कतिपय नव बौद्धहरुमा आशङका अन्योलता छाएको देखिन्छ । यस विसयमा समसामयिक सान्दर्भिकता ठानेर मेरो आफ्नो दृष्टिकोण पस्केको द
दशै चाड हिन्दु हरुको हो ,नेपालमा प्रचलित चाडपर्वहरु कुनै न कुनै धर्म दर्शन संस्कृती र इतिहाससङ्ग जोडिएको पाइन्छ । दसै हिन्दु पौराणिक धर्मशास्त्रीय मान्यतामा आधारित विकसित हिन्दु सास्कृतिक पर्व हो । यो चाड भारत र नेपाल देशमा प्रचलित रहेको छ । दसै पर्वमा जोडिएको संस्कार संस्कृति मान्यता र विस्वासहरु नवदुर्गा पुजा, पशुपन्छि वलिपुजा, जमरा राख्ने दिन सुभारम्भ , कालरात्रि जगाउने, हातहतियार पुजा , फुलपाती उत्सव, टिका ग्रहण, दहिमा मुछिएको निधारमा लगाउने चामलको टीका, सिरमा सिउरिने जौको जमरा दुबो फुलपाती आदिका बारेमा हिन्दु धर्मसास्त्रिय मान्यता अनुसार व्याख्या बिबेचन गरिएको पाइन्छ । दसैको टीका कति बजे कुन घडी पलामा कुन दिशामा फर्केर लगाउने साइतको समय आदि इत्यादि कुराहरुको समेत सास्त्रीय बिधिबिधानमा उल्लेख गरिएको पाइन्छ ।
यी सबै धार्मिक बिधिहरु शास्त्र अनुसार धर्मगुरुहरु बाहुन पण्डित पुरोहितहरुले तय गर्ने गर्दछन दसै टीका पछि पुणिमाको दिन जमरा बिसर्जन गर्ने गरिन्छ । कुनै घरपरिवारमा मृत्यु भएको वा सुत्को परेको रहेछ भने पनि त्यो वर्ष जुठो हुन्छ । असुध्द हुन्छ भन्ने हिन्दु धार्मिक मान्यता अनुसार टीका लगाउन मिल्दैन । दसैको धार्मिक बिश्वास विधिबिधान हिन्दु धर्मसास्त्र हिन्दु क्यालेन्डर अनुसार चलेकोले यो हिन्दु चाड नै हो भन्ने कुरामा कुनै शंका छैन । दसै चाड मान्नेहरुले हामी हिन्दु चाड मानिरहेका छौँ भन्ने कुरा छर्लङ्ग हुनुपर्छ । चाहे ती जुनसुकै जातजाती सम्प्रदाय र भुगोलमा बस्ने मानिस किन नहुन । अर्कोतिर हामी हिन्दु होइनौं ।
तर, दसै चाड हाम्रो मौलिक हो भन्ने बिबादास्पद कुरा गर्ने छ्दम हिन्दुवादी हाम्रा केहि जनजातिहरुको कुरा भने अर्कै छ । उनीहरु काम उहीँ गर्दछन तर कुरो अर्कै ! दसैंमा जोडिएको अर्को जनजाति संस्कृति भनेको मदमान्स खाना, मोजमस्ती मनोरञ्जन र पिङ,चमच्चा खेल्ने नाचगान र रमाइलो गर्ने पक्ष भने आदिवासी जनजातिका संस्कार संस्कृती हुन ।
स्वाभाबैले जनजातिहरु धार्मिकआध्यात्मिक मनोवृत्तिका भन्दा रसरङ्ग गर्ने ढुंगा रातो पेटतातो गर्ने कुरामा अगाडि देखिन्छन् । दसैमा निधारमा लगाउने चामलको टीका र जमरा त आदिवासी जनजातिका लागि केवल देखाउने वाह्य रुप मात्रै हो । खाने पिउने अबसर बाहाना, पेट तताउने निहुँ मात्र हो भन्ने कुरा जनजाति मतुवालीका अव्यवस्थित पछौटे संस्कार संस्कृति खानपिनले पनि स्पष्ट पार्दछ । आदिवासी जनजातिका दसै सम्बन्धि जानकारी दिने कुनै लिखित दर्शन धर्म सास्त्रहरु पनि छैनन। त्यसैले पनि यो चाड हिन्दु हो ।
इतिहासको कुनै कालखण्डमा हिन्दु पण्डित बाहुनले आफ्नो हिन्दु सनातन धर्मको बिकास बिस्तार र यसको संरक्षण सम्बर्द्धनका लागि पौराणिक दसै कथाको परिकल्पना गरे । धर्म सास्त्रको सामाजिक कथा बिधिबिधान र क्यालेन्डर बनाइ दसै मान्ने प्रचलन चलाए । शासक वर्गले अनिवार्य रूपमा दसैं चाड मान्नु पर्ने बाद्य्यता सृजना गरेपछी यो चाड पछि सम्पुर्ण नेपालीहरुको रास्तृय चाड हुन गयो । सबै नेपालीहरुको महान र महत्वपूर्ण चाडको रूपमा विकसित हुनपुग्यो । जुन कुरो जहानिय राणासासन कालमा बिकसित हुन पुगेको हो । पन्चायती कालमा बाहुन पण्डित पुरोहित वर्ग र गाउँ घरका ठुलाठालु मुखिया जिम्मुवालहरुले हिन्दु धर्म संस्कृती र दसै तिहार तिज जस्ता हिन्दुचाड पर्वहरुलाइ नेपाली सामाजिक जीवन पद्धति बनाउने काम गरेको देखिन्छ ।
दशै चाड सम्बन्धमा बौद्द धर्म को दृष्टिकोण ,
दसै हिन्दु धार्मिक नेपाली मौलिक चाड हो । यो कुनै बौद्ध, क्रिश्चियन वा मुस्लिम धर्म सम्प्रदायको चाड होइन । तथापि गैर हिन्दुहरुले यो चाड मान्दैनन् । उनिहरुले दसै टीका लगाउदैनन । म आफूपनि हिन्दू रहदा दसै टीका लगाए पनि पछि बौद्ध धर्म ग्रहण गरेपछी टीका लगाउदिन । कतिपयले मलाई पनि टीका लगाएर दसै चाड मानिदिएन भनेर गुनासो गर्ने गरेको पाइन्छ । दसै मान्यो वा मानेन भनेर अरुको आलोचना गर्ने हिंसा गर्ने गर्नु पनि राम्रो कुरा होइन । उदाहरणका लागि स्व. गोरे बहादुर खपाङ्गी मगरले २०५७ सालमै मगर संघमा निर्णय गरेर घोषणा गरेकी :- मगरहरु बौद्ध हुन । हिन्दु होइनन् । दसै हिन्दु चाड भएको र मगर बौद्ध भएकोले हिन्दु चाड दसै बौद्ध मगरले मान्नु आबस्यक छैन दसै बहिष्कार परित्याग गर भनेका थिए । दसै चाडको अर्थ र यथार्थता नबुझेर वा बुझ पचाएर दसैप्रती तृष्णा जागेका हिन्दुवादिहरुद्वारा जब दसै आउदछ गोरे बहादुर खपाङ्गिको आलोचना बिरोधाभाष कुराहरू अधापि गरिन्छ्न । खपाङ्गिले त्यतिबेला नेपाली बौद्ध धर्म र सामाजिक बिकासका लागि नै बौद्धहरुले यो चाड मान्नु हुँदैन अबबोध गरि समाजलाई सम्झाएका मात्र हुन । कतिपय आफुलाइ बौद्ध हु भन्नेहरुले दसैमा रातो होइन सेतो टीका लगाउनु पर्दछ भन्ने गरेको पाइन्छ । आफू अनुकुल यसको कर्मकाण्डी अर्थ लगाउने ब्याख्या गर्ने गरेको पाइन्छ ।
बौद्ध धर्म सास्त्रमा निधारमा लगाइने रातो वा सेतो टिका दसै टिकाको चर्चा कतै गरेको पनि पाइदैन । बौद्ध देशहरु र त्यहाका बौद्धहरुले दसै चाड मान्दैनन् । दसै चाड र संस्कृतिलाइ कसरी किन मान्ने वा नमान्ने भन्ने कुरा बुद्धको शिक्षा :- पन्चशिल, अस्टशिल, चार आर्यसत्य, अस्टाङ्गिक मार्ग, शिल, समाधी, प्रज्ञा, अनित्य, अनात्मा र अनिश्वरवादको ज्ञान चच्छुले हेर्ने र बुझ्ने गर्नु पर्दछ । बौद्धहरुले अरुको धर्म संस्कार संस्कृतिको नक्कल आलोचना बिरोध गर्ने होइन । बास्तबिकता देख्ने देखाउने जिवनमा अनुभव गर्ने र मिथ्या धर्म संस्कार संस्कृतिमा नलाग्ने हो । उनीहरुको धर्म संस्कृतिको इज्जत मान सम्मान गर्दै आफ्नो धर्म संस्कार संस्कृतिलाइ अगाढ माया प्रेम र बिश्वास गरि त्यसैमा कटिबद्ध हुनु समर्पित भएर लाग्नु नै हामी बौद्धहरुको मध्यमार्गी धर्म हो
भबत्तु सब्बमङ्गलम।।( प्रस्तुत लेख राज्य सत्ता डटकम बाट साभार गरिएको हो ।।)
No comments:
Post a Comment