Tuesday, 26 September 2017

तालिवानि शैलिमा ढालिए प्रथम सहिद लखन थापा को शालिक ,

तालीवानि शैलिमा ढालियो प्रथम सहिद लखन थापा मगर को शालिक ,

जहानिया राणाशासन को बिरुद्द शसस्त्र युद्द को सङ्खघोस गर्दा गर्दै जङ्ग बहादुर कुवर को अादेशमा फासिमा चढाईएका प्रथम सहिद लखन थापा मगर साथै अर्का योद्दा जयसिङ चुमि मगर नै थिए । बाह्य पठित ईतिहासमा जतिनै उनको योग्दान र बिरताको गाथा लुकाईए पनि सच्चाई नलुक्ने ज्वलन्त उदाहरण पनि हो लखन थापा मगर । नेपाल मगर सङ्घ ( तत्कालिन लाङ्घालि सङ्घ ) को व्यापक दवाब बिरोध माग पश्चात् मिति २०७२ साल असोज ३गते लखन थापा मगर लाई नेपाल सरकार बाट प्रथम सहिद घोषणा भयो जुन स्वागत योग्य मात्र नभएर देश र मातृभुमिको लागि ज्यान अर्पण गर्ने विभिन्न काल खण्डका शहिद हरु प्रति पनि सम्मान थियो । राज्य स्तर बाट खासै सहयोग नभएता पनि निजि स्तर बाट नै भए पनि पोखरा मा प्रथम सहिद लखन थापा मगर क‍ो शालिक ठड्याएर लखन चोक नामाकरण गरि निजि स्तर बाट पनि अरु सम्मान गर्न खोजेको पाईन्छ ।
 पोखराको लखन चौक मा ठडिएको शालिक मिति २०७४ साल असोज ९ गते राति अचानक तालिवानि शैलिमा रातारात भत्काएर गायब पार्ने काम गरियो । यस्बाट के देखिन्छ भने पोखरा लेखनाथ का मेयर तालिवानि कमाण्डर झै भएको प्रतीत हुन्छ एक समय बिभिन्न धार्मिक सङ्घ सँस्था अन्तर्राष्ट्रिय नियोग हरु को बिरोध अाग्र लाई लत्याएर तालिवान ले बिश्वकै ठुलो बुद्द को मुर्ति लाई मिसाइल द्वारा ध्वस्त पारेका थिए अाज पोखरा लेखनाथ का मेयर मान बहादुर जिसि ले पनि यहि शैली अप्नाएको देखिन्छ । किन भने यसबारे मा सरोकार सङ्घ सँस्था सङ्ग छलफल भएको तर निस्कर्ष मा नपुगि नै यस्तो राष्ट्रिय बिभुति हरुलाई बर्बरता पुर्बक तरिकाले ध्वस्त बनाउनु भनेको फासिवाद नै हो ।
यदि अर्को अाकर्षक शालिक ठड्याउने योजना हुदो हो त सर्बसम्मत छलफल गरि दिनमा पनि भत्काउन सकिन्थ्यो , किन राता रात भत्काउनु पर्ने जरुरि भयो ? यसको जवाफ छ त पोखरा उपमहानगर सङ्ग ? जब त यो समाचार भाईरल भयो जब सामाजिक सञ्जाल लगायत विभिन्न मिडियामा बिरोध का समाचार अाउन थाले जब यसबाट देश ले अर्कै मोड लिन सक्ने चेतावनि का स्वर हरु आउन थाले जब त समाजिक सञ्जाल मा मेयर मान बहादुर जिसि को फोटो सम्पादन गरि श्रद्दान्जलि भन्ने शब्द हरु बढ्दै जान थाले जब सरोकार वाला सङ्घ सँस्था ब्यक्ति हरु को बिरोध का स्वर हरु सुनिन थाले तब पोखरा लेखनाथ उपमहानगर पालिका पुन सर्बदलिय बैठक बोलाएर पुन अरु स्तरउन्नति का साथ उहीँ जग्गामा लखन थापा मगर को शालिक बनाउने सहमति भएको समाचार सुनियो तर अझ पनि मेयर ले यसरी राष्ट्रिय बिभुति को शालिक ध्वस्त पारे बापत माफि मागेको समाचार पढ्न पाएको छैन । यसबाट के बुझियो भने यहाँ काम गर्दै जाउ पछि बिरोध भएमा फेरि सकारौला नत्र यहाँ पृथ्बिनारायण को शालिक ठड्याउने भन्ने मनस्थिति बाट यो सब कार्य अगाडि बढेको देखिन्छ ।किन कि पछिल्लो समाचार हरुमा त्यसठाउमा पहिला पनि पृथ्बि चौक थियो पृथ्बि नारायण को शालिक थियो अब त्यहा त्यहि शालिक पुनर्सथापना गर्ने योजना अनुरुप मेयर ले लखन थापा को शालिक हटाउने लबिङ गरिरहेका थिए ।
नेकपा एमाले बाट पोखरा लेखनाथ उपमहानगर पालिका मा बिजयि मेयर को यो हरकत ले स्वयम् एमाले को चरित्र माथि नै धावा बोलेको छ त्यसै पनि नष्लबादउन्मुख एमाले भनेर अारोप हरु अाईरहेको बेला यसको यो हरकत ले अरु प्रसय पाएको छ अब एमाले पार्टी केन्द्र यसबारे कस्तो टिप्पणि गर्छ भबिश्य ले बताउला तर उनको यो चरित्र यान कार्य ले चाहिँ यिनी पनि नष्लउन्मुख नै देखिन्छ । यो बर्बरता एक लखन थापा को शालिक लाई मात्र नभएर तमाम सहिद हरु प्रति को अाक्रमण हो राष्ट्रको लागि ज्यान को अाहुति दिने शहिद हरु प्रति देखाईएको यस्त‍ो तालिवानि शैली लाई श्रद्दाज्जलि दिनै पर्छ र यो कहि कतै यहि कार्य को प्रतिशोध ले कसैको शालिक तोडियो फोडियो भने पोखरा लेखनाथ उपमहानगर पालिका जवाफ देहि हुनु पर्छ ।।
                       - बेग अाले मगर
                          धनकुटा


V

No comments:

Post a Comment